नेपाल रेडक्रस सोसाइटी पोखरा ३२ उपशाखाको रक्तदानमा २३ युनिट रगत संकलन
काठमाडाैं | मंसिर २०, २०८१
पोखरा: नेपाल रेडक्रस सोसाइटी पोखरा महानगरपालिका वडा न ३२ उपशाखाले गरेको खुल्ला रक्तदानमा २३ युुनिट रगत संकलन भएको छ ।
उपशाखाको २३ औं स्थापना दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रमको प्रमुख अतिथी नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखा उपसभापति उर्मिला खड्काले गोगन माविका शिक्षिका यामकुमारी तिलिजालाई ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गर्नुुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि खड्काले रक्तदान जीवनदान भएको बताउनुुभयो । उहाँले रेडक्रसको महत्वबारे प्रकाश पार्नुुभएको थियो ।
नेपाल रेडक्रस सोसाइटी पोखरा महानगरपालिका वडा नं ३२ उपशाखाका अध्यक्ष विन्दुराज तिवारीले उपशाखाले सामाजिक उत्तरदायित्व बहन गर्दै यस किसिमका कार्यक्रमलाई निरन्तरता दिदै आएको बताउनुुभयो ।
शाखाका निवर्तमान अध्यक्ष किसान परियारले उपशाखाले आफ्नो स्थापना यता सामाजिक सेवाका विभिन्न क्षेत्रमा काम गर्दै आएको बताउनुुभयो । उहाँले शाखाको ६ कोठ भवन निर्माण कार्य जारी रहेको जानकारी दिनुुभयो ।
शाखाका अध्यक्ष विन्दुराज तिवारीको सभापतित्व एवम् सचिव विष्णुुबहादुर बस्नेतले सञ्चालन गर्नुुभएको कार्यक्रममा स्वागत उपशाखा उपसभापति बिमला थापा बस्नेतले गर्नुुभएको थियो भने रेडक्रसका सात सिद्धान्तको वाचन देवी तिवारीले गर्नुुभएको थियो ।
कार्यक्रममा समाजसेवी एवम नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि मोहनकुमार प्रधान ,समाजसेवी खेमराज अधिकारी, गरिमा विकाश बैकका शाखा प्रमुख सन्तोष अधिकारी, उपशाखाका निवर्तमान कोषाध्यक्ष शरणकुमार प्रधान, शुुभविहानी आमा समूूहका अध्यक्ष हिमकला खत्री लगायतले बोल्नुुभएको थियो ।
प्रादेशिक रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोग एवम् शुभबिहानी आमा समुहको खाजा ब्यवस्थापनमा भएको कार्यक्रममा विभिन्न संघ सस्थाले आर्थिक, नैतिक एवम् भौतिक सहयोग उपलब्ध गराएको उपशाखाले जनाएको छ ।
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले...
पोखरा । गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...
लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) र अल जजिराले उद्धृत गरे अनुसार दक्षिणी लेबनानमा भएको पछिल्लो इजरायली आक्रमणमा एक पत्रकारसहित पाँच जनाको मृत्यु भएको छ । रिपोर्टका अनुसार, सुरुमा द...

